उम्मेदवारमाथि भएकाे अाक्रमणप्रति अायाेगकाे गम्भीर धानाकर्षणः अयाेधीप्रसाद यादव

काठमाडौं, मंसिर ३ – प्रमुख निर्वाचन आयोगका आयुक्त डा. अयोधीप्रसाद यादवले उम्मेदवारमाथि एकपछि अर्काे गर्दै भइरहेकाे अाक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएकाे बताएका छन्।
शान्तिपूर्ण र उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भई राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा लागेको बेला एकाएक रुपमा देखिएको सुरक्षा चुनौतीको प्रश्नले सबैलाई गम्भीर तुल्याएको बताएका छन्।
आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल नियोगद्वारा निर्वाचन पर्यवेक्षणमा खटिने राष्ट्रिय पर्यवेक्षकका लागि अायाेजना गरिएकाे प्रशिक्षणमा यादवले सुरक्षामा चुनौती खडा गर्ने यस्तो घटना केका लागि भइरहेका छन् भन्ने विषय गम्भीर रहेकाे बताएका हुन्। 
नेपालको संविधान, गणतन्त्र र संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा हुने आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन निर्वाचन आचारसंहिताको सबै पक्षबाट पूर्णरुपमा पालना हुन आवश्यक रहेको यादव बताए।
राजनीतिक दल र उम्मेदवारबाट टाढै रही संस्थाको बदनाम नहुने ढंगबाट पर्यवेक्षण गर्न पर्यवेक्षकलाई उनले सुझाव दिए। उनले शहरभन्दा हिमाली र उच्च पहाडी जिल्लाका दुर्गम मतदान केन्द्रमा पुगेर पर्यवेक्षण गर्न सल्लाह दिए। 

फेसबुकबाट तपाईको प्रतिक्रिया