सिरहामा अविकासको दुई कारण ः कांग्रेसको झुर इतिहास र जातियताको नारा
माडर बजार जहाँवाट कांग्रेसका ईष्ट देवता मानिने कोईराला परिवारका मूल पुरुष कृष्ण प्रसाद कोईरालाले राणा शासकलाई फाटेको लुगा पठाएका थिए । यो इतिहास कांग्रेसले सिरहाली जनतालाई धेरै पटक सुनायो र भोट लियो । तर माडरको अवस्था आज पनि कृष्ण प्रसाद कोईरालाले माडर टेकेको दिनमा जस्तो थियो त्यस्तै छ ।
राजदेव गोईत, कृष्ण चरण श्रेष्ठ , चन्द्र नारायाण यादव, सिता देवी यादव , मन्टुन वावु, विसेस्वर मोरवैता र चितरञ्जन गोईत यस्ता आधा दर्जन जति नेताले विगतमा सिरहाको नेतृत्व सम्हाले । यी सवै नेताहरु सिरहा सदरमुकाम आसपास कै वासिन्दा थिए र छन् पनि । तर सिरहा सदरमुकाम आज पनि २००७ सालमा जस्तो थियो आज पनि त्यस्तै छ । कहिल्यै कुनै नेताले बिकासका लागि कुनै पहलकदमी गरेनन् । सिरहा सदरमुकामको यो दुर्दशाको जिम्मेवारी ती नेताहरुको भागमा पर्छ ।
लोकतन्त्रमा नेता जनता समक्ष झुक्ने हो । तर ड्यौडहीका जमिन्दारहरु नेता भएकोले सधै उनीहरु समक्ष जनता नै झुकिरहनु पर्यो । शासन सधै ठालु वर्गको हातमा रह्यो । जनताको घरदैलोमा उनीहरु कहिल्यै फर्केर गएनन् । जनतासंग डौरहीवासी नेताहरुले सधै हरुवा, चरुवा, वनिहार र रैतीको व्यवहार गरे ।
ती नेताहरुका कानले सधै जनताले मालिक भनेर संवोधन गरेको सुनेका थिए । त्यसकारण जनता मालिक हुन् भन्ने कहिल्यै भान भएन उनीहरुलाई । फगत जातिय नारा दिएर भोट बटुले । शासन गरे । धन कमाए । जिल्लाको बिकासका लागि कुनै पहलकदमी गरेनन् । उनीहरुसंग न त जिल्लाको बिकासको लागि कुनै योजना नै थियो न कुनै सोंच । त्यसकारण सुगम स्थान भएर पनि सिरहा हुम्ला जुम्ला भन्दा पनि शिक्षामा पछाडी परेको छ ।
मालिकहरुका ड्यौरही उच्च स्थानमा छ त्यसकारण त्यहाँ पानी पसेन , बाढी पसेन । घर वरिपरी हिलो भएन । तर जनता हिड्ने सडक र जनताको वस्तिमा वर्षयाममा टेक्नै नसक्ने भईरह्यो । आज पनि बाटोको हालत यस्तो छ की सिरहा सदरमुकामको सवै गाउँमा एम्वुलेन्स पनि पुग्दैन ।
लक्ष्मीनियाँको एउटा स्कूल हेरियो । आज २१ सौं सताव्दीमा पनि स्कूलमा झ्याल ढोका छैन । डेस्क वेन्च छैन । बोरा ओछ्याएर बालबालिका पढाई गर्छन्् । यो लज्जास्पद स्थितिको जिम्मेवार को ? लक्ष्मीनियाँ जस्ता दर्जनौ विद्यालय अझै छन् । किन सिता देवीहरुको आँखा परेन त्यस्ता स्कूलहरुमा ?
जितेर गए पछि कति पटक गाउँ घुमे यी नेताहरु ? जनतासंग के छ समस्या भनेर सोध्न आए की आएनन् ? आफ्नो क्षेत्रको बिकासका लागि के के योजना बनाए ? कुन कुन योजना कार्यान्वयन भयो ? जनताले अहिले हिसाव किताव खोज्ने की नखोज्ने ?
मालिकहरुका ड्यौरही उच्च स्थानमा छ त्यसकारण त्यहाँ पानी पसेन , बाढी पसेन । घर वरिपरी हिलो भएन । तर जनता हिड्ने सडक र जनताको वस्तिमा वर्षयाममा टेक्नै नसक्ने भईरह्यो । आज पनि बाटोको हालत यस्तो छ की सिरहा सदरमुकामको सवै गाउँमा एम्वुलेन्स पनि पुग्दैन ।
लक्ष्मीनियाँको एउटा स्कूल हेरियो । आज २१ सौं सताव्दीमा पनि स्कूलमा झ्याल ढोका छैन । डेस्क वेन्च छैन । बोरा ओछ्याएर बालबालिका पढाई गर्छन्् । यो लज्जास्पद स्थितिको जिम्मेवार को ? लक्ष्मीनियाँ जस्ता दर्जनौ विद्यालय अझै छन् । किन सिता देवीहरुको आँखा परेन त्यस्ता स्कूलहरुमा ?
जितेर गए पछि कति पटक गाउँ घुमे यी नेताहरु ? जनतासंग के छ समस्या भनेर सोध्न आए की आएनन् ? आफ्नो क्षेत्रको बिकासका लागि के के योजना बनाए ? कुन कुन योजना कार्यान्वयन भयो ? जनताले अहिले हिसाव किताव खोज्ने की नखोज्ने ?
नेताको पनि आ आफ्नो वर्गिय चरित्र हुन्छ । अभिजात्य परिवारमा हुर्केका यी नेताहरुको चरित्र जनमुखि कहिल्यै भएन । सामाजिक न्याय के हो ती नेताहरुलाई कहिल्यै थाहा भएन । समाजमा पछाडी पारिएका वर्गहरुको उत्थान गर्न समानताका लागि असमान वितरण हुनुपर्छ भन्ने कहिल्यै सोचेनन् । उत्पादनको साधनमा कमजोर वर्गको पहुँच हुनुपर्छ भनेर कहिल्यै बोलेनन् । गरीवमुखि नीति बन्नुपर्छ भनेर कहिल्यै पहल गरेनन् । उनीहरुका लागि चुनाव भनेको लोकतान्त्रिक अभ्यास नै होईन । ५ वर्षमा आउने जनता झुक्याउने एउटा पर्व हो । एक पटक झुक्यायो ५ वर्ष ढुक्क ।
सिरहा जिल्लाको राजनितिमा सधै जातको आधारमा भोट तान्ने सुविधा प्राप्त गरेका केही ड्यौरही निवासीहरुको हालिमुहाली रह्यो । यो सिरहाको लागि दुर्भाग्य भयो । अव यो परिस्थिति बदलिदै गएको छ र पुरै बदलिनु पर्छ । नेता कुन जातको हो भनेर हेर्ने होईन उसको वर्गिय चरित्र कस्तो छ र उ कुन कित्तामा उभिएको छ भनेर हेर्ने हो । कसले विगतमा जनपक्षिय भएर काम गर्यो त्यो कुरालाई हेर्ने हो । यस पटकको निर्वाचनमा जनताले जात भन्दा काम र छविलाई प्राथमिकता दिनुपर्छ । नेतालाई मात्र हेर्ने होईन उसको पार्टीले लिएको नितिलाई पनि हेर्नुपर्छ ।
म लीलानाथ श्रेष्ठ पनि जिल्ला बिकास समिति सिरहाको उप सभापति भए । मेरो पद त्यति ठुलो थिएन् । तर म दावाको साथ भन्न सक्छु की मेरो कार्यकालमा सिरहामा जति बिकास भयो त्यति कहिले भएको छैन । म सदरमुकाममै बसेर हरक्षण जनताको काम गरिरहे । त्यसपछि पनि सिरहा मै बसेर मैले दिनदिनै जनताको काम गरिरहें । मसंग सिरहा जिल्लाको बिकासको योजना छ , नक्शा छ , एउटा भिजन छ , परिकल्पना छ । त्यसकारण सिरहा जिल्लाको स्वरुप फेर्न लीलानाथ नै चाहिन्छ भन्ने आज जनताको ठहर बन्दै छ । एकातिर एमालेको सामाजिक न्यायमुखि निति छ । अर्कोतिर वाम गठबन्धन बनेकोले जनतामा उत्साह छ । यता मेरो उम्मेदवारीले जनतामा हर्ष छाएको छ ।
पुरातनवादी ड्यौरहीवासी निकम्मा र जातिवादी नेता होईन यसपटक एउटा असल , ईमान्दार, जनमुखि , जनताको काम गर्ने , बिकासको योजना र भिजन भएको नेता छानौं । त्यसकारण यस पटक म लीलानाथ श्रेष्ठलाई सूर्य छापमा मत दिई प्रतिनिधी सभा सदस्यमा जिताऔं । त्यसैगरी प्रदेश क मा कमरेड रामकुमार यादवलाई हसिया हथौडा चिन्हमा मत दिएर जिताऔं र प्रदेश ख मा कमरेड प्रमोद यादवको लागि सूर्य चिन्हमा मत दिनुहोस् । म ५ वर्ष भित्र सिरहा जिल्लाको कायापलट गरेर देखाउँछु ।
source:Madheshlive